सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् । ‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएक