केही दिनअघि मात्र मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ३० करोड हाराहारी पुगेको घोषणा गरेको तथ्याङ्क विभागले बिहीबार प्रदेशस्तरीय योगदानको समेत तथ्याङ्क सार्वजनिक गरेको छ । विभागका अनुसार प्रदेशगत राष्ट्रिय उत्पादनसँगै आर्थिक वृद्धिदरमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको नै छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष यस प्रदेशको पर्फमेन्समा केहीँ ह्रास आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नै कुल गार्हस्थ उत्पादनमा ३७.७ प्रतिशतको योगदान रहेको बागमती प्रदेशको यो वर्