काठमाडौं। नायव महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा परिकल्पना नगरेको तर्क गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले भने, “नेपालको संविधानको धारा७६(३)को प्रधानमन्त्रीले७६(५)को प्रधानमन्त्रीमा दाबी गर्न मिल्दैन भन्ने प्रावधान संविधानमा कहीँ व्यवस्था गरिएको छैन।”संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन्।