धनकुटा। धनकुटाको सिधुवा बजारमा भीषण आगालागी भएको छ। छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा शुक्रबार साँझ आगो लागेको हो। वडाअध्यक्ष दिपक गुरुङले आगलागी नियन्त्रण बाहिर रहेकाले धनकुटा नगरपालिका र लालिगुराँस नगरपालिकाको दमकल मगाइएको बताए। आगलागीबाट चार घर जलेर पूर्णरूपमा क्षति भएको र बजारका घरहरु जोखिममा रहेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।