मोरङका तीन स्थानीय तहमा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरू प्रमुख दलबाट उम्मेदवार बनेपछि ती पालिकामा पुरानै प्रतिस्पर्धीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो ।रङ्गेली, सुन्दरहरैंचा नगरपालिका, जहदा गाउँपालिकामा प्रमुख दलबाट २०७४ कै निर्वाचनमा उम्मेदवार बनेकाहरु फेरि पनि उम्मेदवार भएका छन् । रङ्गेली नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट दिलीप कुमार अग्रवाल र नेपाली काँग्रेसबाट मोदराज घिमिरे उम्मेदवार छन् ।२०७४ को चुनावमा अग्रवालले