कोरोना पोजिटिभले के खान हुन्छ, के खान हुँदैन

नोबल कोरोना भाइरसका कारण अहिले पनि विश्व आक्रान्त नै छ । सङ्क्रमितहरुको सङ्ख्या घट्नुभन्दा पनि बढिरहेको छ । सङ्क्रमितहरुले सेल्फ आइसोलेसनमा बसेको समयमा के कस्ता खाना खानुपर्ने भन्नेमा धेरैको अन्योल देखिन्छ । यो समयमा इम्युन सिस्टमलाई बलियो बनाउन पोषणयुक्त खाना खानुपर्ने पोषणविदहरूको भनाइ छ । यस्ता खालका द्विविधालाई निदान गर्न नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय पोषण शाखाले पोषण निर्देशिका पनि जारी गरेको छ । वुहानमा कोरोना महामारी अन्त्यका लागि के कस्ता पोषण प्रयोग गरियो, सङ्क्रमितहरूले के कस्ता पोषण सेवन गरेर कोरेनामुक्त्त भए सो को अध्ययन गरेर यो सङ्क्रमणको समयमा पोषण शाखाले पोषणसम्बन्धी राष्ट्रिय नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरू तयार गर्न, पोषणसम्बन्धी सर्वेक्षण, अनुसन्धान कार्य गर्ने, पोषण प्रवर्द्धननको लागि बहुक्षेत्रीय समन्वय गर्ने, पोषण अवस्थाको विश्लेषण गरी राष्ट्रिय एवम् प्रादेशिक नीति निर्माणमा प्राविधिक सहयोग गर्ने, पोषणसम्बन्धी राष्ट्रियस्तरका कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन गर्न सहजीकरण गर्ने, प्रदेश स्थानीय तह तथा सरोकारवालाहरूसँग प्राविधिक विषयमा समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने कामका लागि मन्त्रालयलाई सहयोग गरिरहेको छ ।