आगामी निर्वाचन : दुई लाख ४६ हजार जनशक्ति

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकताअनुसार […]

सम्बन्धित सामग्री

आगामी निर्वाचन: घट्ला बदर मत ?

गत स्थानीय तह निर्वाचन (२०७४) मा दाङमा कुल २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। त्यो बेला जिल्लाको कुल मतदाता संख्या २ लाख ९१ हजार १ सय ७५ थियो।...

लालपुर्जा वितरणमा ढिलाई भएको भन्दै चितवनका सुकुम्बासीद्वारा प्रदर्शन

मंसिर २१, चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलवार प्रदर्शन गरेका छन् ।  नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले रत्ननगरमा भूमि आयोग विघटन गरेको सुकुम्बासीलाई तेस्रो नागरिकको रुपमा राखेर गुमराहमा राखेर हालसम्म पनि अन्यौलमा राखेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरु ‘नो लालपुर्जा, नो भोट’ भन्दै प्लेकार्ड सहित र्‍याली र प्रदर्शन गरेका हुन् । आगामी निर्वाचन अघि नै लालपुर्जा नपाए निर्वाचन बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । केपी ओलीको सरकारले गठन गरेको सुकुम्बासी आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरिदिएपछि लालपुर्जा वितरण अन्योल बनेको हो । लालपुर्जा वितरणको काम अनिश्चित बनेपछि चितवनका सुकुम्बासी समुदाय आन्दोलित बनेको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले बताए । ‘नेताहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन्, उनले भने, ‘त्यसैले हामीले आजको प्रदर्शनको मुख्य नारा नै ‘नो लालपुर्जा, नो भोट’ बनाएका छौँ ।’ चितवनको रत्ननगरबाट आन्दोलनको शुरुवात गरिएपनि माग सम्बोधन नभए जिल्लाभर प्रर्दशनलाई निरन्तरता दिने देवकोटाको भनाइ छ ।  र्‍यालीमा रत्ननगरसहित चितवनका सयौँ सुकुम्बासीको सहभागी थियो । सहभागीहरूले ‘बसोवासका आधारमा लालपुर्जा देऊ’, ‘झुटको राजनीति बन्द गर’, ‘उधारोमा भोट माग्ने प्रथा अन्त्य गर’ लगायतका नारा लगाएका  थिए । रत्ननगरको निपनी चोकबाट शुरु भएको ¥याली टाँडीचोक हुँदै बकुलहरस्थित रत्ननगर नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले लालपुर्जा प्राप्तिका लागि अन्तिम मिसनका रूपमा देशव्यापी अभियान शुरु गरेको बताए । लालपुर्जा नपाए आगामी तीनै तहको निर्वाचनमा सुकुम्बासी समुदायले भोट नहाल्ने प्रतिबद्धता गरेको उनको भनाइ छ । नेपालमा ७० लाख सुकुम्बासी र ४० लाख सुकुम्बासी मतदाता रहेको उनले जानकारी दिए ।