एमालेको जारी विधान महाधिवेशनमा संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले पार्टी पदाधिकारी १५ र स्थायी कमिटी ४५ जना रहनेगरी प्रस्ताव गरेका छन् । समूहगत छलफल पछि आएको सुझावहरूको आधारमा पौडेलले जवाफ दिने क्रममा पदाधिकारी र स्थायी कमिटीको संरचनाबारे उल्लेख गरेका हुन् । उनले उक्त प्रस्ताव राख्दा हलमा ताली बजेको छ ।