सरकारले गृहमन्त्री र गृहसचिवलाई उपलब्ध गराउँदै आएको सुराकी खर्चलाई लिएर लामो समयदेखि प्रश्नहरू उठ्दै आएका छन् । पहिलो त, ३२ वर्षदेखि बिल भर्पाईबेगरै अविच्छिन्न रूपमा यस्तो खर्च प्रदान गरिँदै आएको जुन परिपाटी छ, यसको कतै दुरुपयोग त भइरहेको छैन भनेर आम सन्देह छ ।