काठमाडौँ : कानूनविद्हरूले न्यायाधीशका लागि संसदीय सुनुवाइ आवश्यक नभएको बताएका छन्।सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमा कानूनकर्मीले यस्तो बताएका हुन्। उनीहरूले संसदीय सुनुवाइ राखिनुको अर्थ नरहेको जिकिर गरे। कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसदीय सुनुवाइको उद्देश्य स्पष्ट हुन नसकेको बताए। उनले सिफारिस भएकाहरूको इन्टिग्रिटी वा योग्यता केका लागि हो भन्ने स्पष्ट हुनुपर्ने बताए।उनले इन्टिग्रिटी (निष्पक्षता)का लागि भए सांसदहरूसँग सिफारिस न्य