काठमाडौं । दुबै मृगौला फेल भएर उपचार गराइरहेका प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उपचाररत जवान खत्रीलाई खर्च जुटाउन असहज भईरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा […]
सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको कुल रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रकम हस्तान्तरण गरिएको हो। नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीअभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि […]
बाह्बिसे नगरपालिका ५ बुकामका मृगौला पीडित तिलक तामाङलाई चार लाख आठ हजार ४८० रुपियाँ नगद सहयोग गरिएको छ । वषौंदेखि दुवै मृगौला फेल भएर तामाङ थलिएर बसेका थिए ।
भोटेकोशी गाउँपालिका १ का वडा अध्यक्ष मुके शेर्पाको नेतृत्वमा उक्त सहयोग मृगौला पीडितलाई प्रदान गरिएको हो । सिन्धुपाल्चोकबाट इराकमा गई काम गर्दे आएकी नोर्की शेर्पा, युएईमा काम गर्दे आएकी उषा तामाङ, नेपालकी केशरी तामाङ र वडा अध्यक्ष मुके शेर्पालगायतले सो रकम जुटाएर मृगौला पीडित तिलक तामाङलाई प्रदान गरिएको हो ।
सुर्खेतका पत्रकार रमेश शाहीले बुबा दलबहादुर शाहको स्मृतिमा विपन्न तथा गरिब परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले तीनजना मृगौला पीडित र साझा घर नेपाललाई आर्थिक सहयोग गरेका हुन् ।