त्रि-नगर नाकामा प्लान्ट क्वारेन्टिन सुचारु गर्न माग

धनगढी– कञ्चनपुरको गड्डा चौकीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन सुचारु गर्न कैलाली उद्योग वाणिज्य संघले माग गरेको छ । उक्त क्वारेन्टिन कार्यालयको टुरमुकाम कार्यालय बन्द भएपछि खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएको कारण संघले सुचारु गर्न माग गरेको हो । संघले शनिबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेको हो । […]