अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हुण्डी र क्रिप्टोकरेन्सी लगायत कारोबार रोक्नसमेत निलम्बित गभर्नर महाप्रसाद अधिकारीले चासो नदिएको गुनासो गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफूले निकै अघि क्रिप्टो कारोबार रोक्न ध्यानाकर्षण गराएको, तर ग्रामिण क्षेत्रसम्म फैलिएपछि मात्रै झस्केको जस्तो भएको बताए । राष्ट्र बैंकले माघ ९ गते गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय लिएको थियो । विज्ञप्त