काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले संसद्ले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाउने बताउनु भयो । उहाँले यस पटक भने नागरिका विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताउनु भयो । मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले ...