रुपन्देहीमा ४ हजार ४४४ सुरक्षाकर्मी खटिए, सीमा वारपार गर्न रोक

२० मंसिर, बुटवल । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ४४ सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको बेलहिया नाका ७२ घण्टाका लागि बन्द पनि गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निर्वाचनलाई ध्यानमा राखेर नेपाल भारत सीमा नाका बन्द गरिएको …

सम्बन्धित सामग्री

पोलमा तानिएका तार ब्यबस्थित गर्न विद्युत प्राधिकरणको आग्रह, ४५ दिनपछि आफै हटाउने

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका  केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभि तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।प्राधिकरणका अनुसार विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण सहरलाई कुरुप वनाएको छ ।  आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु वढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई  आफ्नो संरचना  निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रुपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।‘तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरुको केबल लगायतका उपकरणहरु नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’उपकार्यकारी निर्देशक सिलवालले भने । ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्नm विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो ।’प्राधिकरणले अप्टिकल फाइबर÷केबल र र विद्युत लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दूरी क्रमश ः ८०  र ३० सेन्टिमिटर हुनु पर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ ।  अन्य ४०० भोल्टका उपकरणरुसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबर÷केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । . न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनु पर्ने छ ।  पोलहरुमा  लुप वनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ ।सेवा प्रदायकहरुले निजहरुको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नु पर्ने छ ।  सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ ।  तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनु पर्ने छ । तोकिएका मापदण्ड तार तथा उपकरणहरुलाई सेवा प्रदायहरुले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ ।

आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनको भनाइ छ। सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ। ठूला सवारी साधन सञ

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए। सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला

मध्यरातदेखि मौन अवधि सुरु - के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।'मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ,' आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्।'मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।' वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ।तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटरआसपास रहेका प्रचार सामग्रीहरू पनि सम्बन्धित दलहरूले हटाउनुपर्ने आयोगको भनाइ छ।अन्तर्राष्ट्रिय सीमामा अत्यावश्यक परेको हकमा अनुमति लिएर वारपार गर्न सकिने जनाइएको छ।मौन अवधि: सबै चुनावी कर्यक्रम बन्दमतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ।उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।'मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन,' आयोगका सहसचिव श्रेष्ठ भन्छन्।'नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।'मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।मतदानको दिन के हुन्छ ?आपत्कालीन सेवा र अनुमति लिएका हकमा बाहेक सवारीसाधनमा आउजाउ गर्ने वा यात्रु ओसार्ने काम मतदान हुने दिन पूर्ण रूपले रोक लगाइएको आयोगका अधिकारीहरूले बताएका छन्।त्यस दिन समेत मतदान केन्द्रआसपास मतदातालाई दबाव दिने वा प्रभाव पार्ने काम हुन नदिन आयोगले आचारसंहितामार्फत् सबैलाई बाँधेको जनाएको छ।त्यस दिन उम्मेदवार वा तिनका प्रतिनिधिले मतदानकेन्द्रमा निर्वाचन चिह्न वा सङ्केत भएका लुगा वा ब्याज लगाउन नहुने जनाइएको छ।त्यसैगरी चुनाव चिह्न झल्किने साङ्केतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ।'त्यस दिन इन्धनयुक्त सवारी पूर्णत: रोक लगाइएको छ। तर साइकल चलाउन पाइन्छ। हामीले सकेसम्म सबै मतदाता हिँडेर पुग्नेगरी मतदान केन्द्र तयार पारेका छौँ,' आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले भने।तर त्यस दिन समेत निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर चुनावी अनुगमन, पर्यवेक्षण, अशक्त व्यक्ति लगायतलाई यात्रा अनुमति पत्र जारी गरिने व्यवस्था रहेको बताइएको छ।आयोगले सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने जनाएको छ।एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीका सवारीसाधनजस्ता अत्यावश्यक सेवा र कूटनीतिक प्लेट भएका सवारीसाधनले अनुमतिपत्र लिनुनपर्ने भनिएको छ।चुनावको दिन उद्धार तथा सहायता उडानबाहेक नियमित आन्तरिक उडान समेत हुने छैनन्। -बा बिबिसीबाट

पर्सामा इनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपारमा रोक

जिल्ला प्रशासन कार्यालयले वीरगन्जस्थित इनर्वा नाका बाहेक अन्य नाकाबाट सीमा वारपार गर्नमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बिहीबार सार्वजनिक सूचनामार्फत यस्तो आदेश जारी गरेका हुन् ।

परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक

यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।

घानामा महिनावारी भएकालाई नदी पार गर्न रोक

पुस, २८ – घानामा महिनावारी भएकालाई नदी पार गर्न रोक लगाइएको छ । घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न रोक लगाइएको बीब...