जनमैत्री बहुमुखी क्याम्पस चलाउन काठमाडौं महानगरपालिकालाई प्रस्ताव, छलफल गर्ने मेयर शाक्यको भनाइ

काठमाडौंको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले सहकार्यका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।  क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले  महानगरले क्याम्पस चलाउने तयार भए आफूहरू तयार रहेको बताएका हुन् । उनले भने,'काठमाडौं महानगरपालिकाले कलेज चलाउन चाहन्छ भने भक्तपुर नगरपालिकाले ख्वप कलेज चलाएजस्तै काठमाडौं महानगरपालिका र यस जनमैत्री बहुमुखी क्याम्पसबीच समन्वयकारी भूमिका निर्वाह गरेर क्याम्पस सञ्चालन गर्न राम्रै हुन्थ्यो होला भनेर ...