कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’
कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा एमालबीच अवरुद्ध संसद सुचारु गर्न भएको माघ १८ गते भएको सहमति अनुसार १५ लाख मुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने रहेको थियो।...
कर्णाली प्रदेश सरकारले ठूला र मझौला आकारका विकास निर्माणका परियोजना निर्माण गर्नुपर्नेमा टुक्रे योजनाहरुमा हात हाल्ने गरेको छ । आम निर्वाचनका बेला मतदातामा गरेको वाचा र राजनीतिक दलको स्वार्थका लागि प्रदेश सरकार टुक्रे योजना निर्माणमा लागेको हो । मुलुकका तीन तहका सरकारको विकास निर्माण, सेवा प्रवाह र नीति निर्माणमा आ–आफ्नै क्षेत्राधिकार र जिम्मेवारी तोकिएका छन् […]