बजेट चासो : घटेन महँगी, थोरै राहत, कार्यान्वयनमा चुनौती

खोटाङकी समिता कार्कीलाई बजेटमा अरू कुरा भन्दा पनि सरकारले अनुदानमा दिने इन्डक्शन चुल्होका बारेमा धेरै चासो छ । उहाँ भन्नुहुन्छ, ‘ग्यासको भाउ बढेर अचाक्ली भाछ, चाँडै इन्डक्शन चुल्हो दिए थोरै भए पनि राहत हुन्थ्यो ।’ देशलाई आर्थिक रूपान्तरणका लागि भनेर अर्थमन्त्रीले बजेट अगाडि सारेको बताउँदै सरिता भन्नुहुन्छ, ‘अहिलेको सन्दर्भमा बजेट लोकप्रिय र जनमुखी छ ।’ बजेटका सार वस्तु धेरै भए पनि जनताले सुविधा र राहत के पाए भनेर हेर्नुपर्ने बताउनुहुन्छ कार्की । देशका युवाले विदेशमा पसिना...