लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने–नहुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको पर्खाइमा रहेको छ । बिहीवार प्रधानमन्त्री देउवासँग नागरिकता विधेयकको विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरलागयतका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । सो छलफलमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पारित भएपछि गठबन्धनको विषयमा शुक्रवारसम्म टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर प्रधानमन्त्री देउवाले हालसम्म कुनै निर्णय गर्न सकेका छैनन् । लोसपाका एक नेताले भ