इलोन मस्कले ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर रकम जम्मा गरिसकेको र खरिद सहमतिको लागि कम्पनीसँग छलफल गरिरहेको बताएका छन् । गतसाता मस्कले ट्वीटर कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा किनेर नीजि बनाउने प्रस्ताव गरेका थिए । मस्कको प्रस्तावका आधारमा ट्वीटरको मूल्य ४३ अर्ब डलर हुने थियो । मस्कले सुरुमा ट्वीटर कम्पनी किन्ने प्रस्ताव राख्दा त्यसका लागि पैसा कसरी जम्मा गर्छन् भनेर बताएका थिएनन् । बिहीबार अमेरिकी नियामक संस्था सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसइसी) मा दायर गरेको कागजातमा उनले ट