रिपोर्टर्स क्लबमा यसवर्ष पनि मनाईयो गाईजात्रा, हाँस्यकलाकारहरुले गरे नेतादेखि कर्मचारीमाथि हमला (कसले के भने ?)

काठमाडौं, ७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् । हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए […]