दाङको घोराही कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत सीमा नाका जमुनाहाबाट फरार कैदीलाई पक्राउ गरिएको जानकारी दिएको हो।...
पर्सा । वीरगञ्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन ( स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो । नियन्त्रणमा […]
नेपालगञ्ज – नेपालगञ्ज नाकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढथापा ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा लुकाएर ब्राउनसुगर ल्याएका थिए। नेपालगञ्ज नाकामा रहेको लागुऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
मलंगवा– सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो। बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती […]
सशस्त्र प्रहरी धनुषाले अमेरिकन पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बिदेह नगरपालिका-१ स्थित महिनाथपुर नाकाबाट पक्राउ परेको हो।...
काठमाडौं : नेपाल भारतको सीमाक्षेत्र नेपालगञ्जको जमुनाह नाकाबाट ५ युवक लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ५ का २२ वर्षीय सोनु श्रेष्ठ, २० वर्षीय विशाल कुँवर, २१ वर्षका दिवस डाँगी, २० वर्षका राजीव राय केसी र अन्दाजी २० वर्षका राजनसिंह ठकुरी रहेका जमुनाहका प्रहरी नायब निरीक्षक माधव प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार दुई जनालाई ७ ग्राम र तीन जनालाई १७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरुलाई आइतबार साँझ छुट्टाछुट्टै नियन्त्रणमा लिएको हो।&
दाङ – नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन्। भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको […]
२९ भदौ, वीरगञ्ज । वीरगञ्ज-रक्सौल सीमा नाकाबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ घर बताउने १८ वर्षीय पवन कुमार श्रीवास्तव रहेका छन् । उनलाई वीरगञ्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान […]
झापा : काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ बटालियनको टोलीले उनीहरूलाई पानी ट्यांकी नाकाबाट पक्राउ गरेको जनाइएको छ।नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको थियो। ती महिलाहरूले नेपाली नागरिकता कुन जिल्लाब