ज्योतिनगर र लक्ष्मीनगरको पहिरो नियन्त्रणको काम सुरु
चुरे क्षेत्रको पहिरो खसेको बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा नियन्त्रणको काम सुरु भएको छ । गत वर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घरमा आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर क्षति पुगेको थियो ।
बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम सुरु भएको छ। गत वर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पुर्याएको वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा ४ को लक्ष्मीनगरमा पहिरो प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाल...