काठमाडौँ । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रमुखबाट एआइजी श्यामलाल ज्ञवालीलाई हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश समन्वय विभागमा पठाएको छ । उनी चार महिनाअघि मात्र सीआइबीमा सरुवा भएका थिए । सहकारी ठगी र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा ज्ञवालीलाई प्रहरीले छानबिन गरिरहेको छ । यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका […]