विभाजन बाटोमा जसपा, आज भट्टराई पक्षको छुट्टै बैठक

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज सुरु हुँदैछ। बैठक बिहान ११ बजे जडिबुटीमा सुरु हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक अवस्था स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ। बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने नेता पाण्डेले बताए। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पनि असार २९

सम्बन्धित सामग्री

पाल्पा पुगेर मन्त्री ज्ञवालीले भने : पार्टी फुटेकै छैन

पाल्पा : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन्। नेकपा पाल्पाको आयोजनामा शनिबार तानसेनमा आयोजित कार्यकर्ता भेलामा ओलीपक्षीय नेता तथा कार्यकर्ताको सहभागिता थियो।कुनै एउटा गुटका नेताले केन्द्रमा छुट्टै बैठक राख्दैमा पार्टी फुटेको भन्न नमिल्ने उनले दाबी गरे। ‘अध्यक्षले अध्यक्षता नगरेको, महासचिवले बैठक नबोलाएको र माइन्युटमा हस्ताक्षर नभएको बैठक नेकपाको हुनै सक्दैन,' उनले भने ‘पार्टीको संस्थापन पक्षधरले पार्टी विभाजनको