बुधबार मात्र राष्ट्र बैंकले चालू आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । छ महिनामा झन्डै १० खर्ब रुपैयाँ (९ खर्ब ९९ अर्ब) बराबरको माल वस्तु आयातको तथ्याङ्क आएसँगै राष्ट्र बैंक तरङ्गित बन्न पुगेको हो ।यस्तो रिपोर्ट आएसँगै बैंकले थप आयातमा कडाइ गर्ने नीति लिएको छ । बुधबार नै एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ४७ प्रकारका हार्मोनिक कोड भएका माल वस्तुको आयातमा न्यूनतम ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरिएको जनाएको छ । योसँग अब तयारी पोसाक