‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ बाट झापाकी अग्रज पत्रकार सावित्रा दाहाल पुरस्कृत भएकी छन् । नारी सञ्चार गृह झापाले बुधबार बिर्तामोडमा एक कार्यक्रमबीच दाहाललाई एक लाख एक हजार एक सय रुपैयाँसहित सम्मान गरेको हो । उनी उक्त गृहकी संस्थापक अध्यक्ष पनि हुन् ।