सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका ११ महिनामा पुँजीगत बजेटको करिब ४१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । १७ अर्ब २ करोड ४३ लाख ६० हजार विकास बजेट रहेकामा जेठ मसान्तसम्म ७ अर्ब १० करोड ४७ लाख ३९ हजार ९९३ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।