महामारीका बेला सल्यान अस्पतालमा २४ शल्यक्रिया

सल्यान : विश्वभर फैलिएको कोरोना भाइरस महामारीका बेला सल्यान जिल्ला अस्पतालले शल्यक्रियालगायतका अन्य सेवालाई निरन्तरता दिइरहेको छ।महामारीका बेला ओपिडी सेवा बन्द गरे पनि स्वास्थ्य मापदण्ड अपनाएर इमर्जेन्सी शल्यक्रियालगायत गर्भवती, सुत्केरी, परिवार नियोजन, दीर्घरोगको परीक्षण र उपचार भइरहेको अस्पताले जनाएको छ।बैशाख ६ गतेदेखि २४ वटा साना तथा ठूला शल्यक्रिया गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए। उनका अनुसार २० वटा प्रसूति शल्यक्रिया, तीनवटा हाडजोर्नीसम्बन्धी र एक हर्नियाको सफल शल्यक्रिया गर

सम्बन्धित सामग्री

जटिल समस्या भएकी गर्भवतीको सल्यान अस्पतालमै शल्यक्रिया

गर्भमै शिशुको मृत्यु र पाठेघर फुटेपछि एक महिलाको जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा पठाउन हेलिकोप्टरबाट मगाइए पनि खराब मौसमले आउन नसक्दा 'प्रि-इक्लाम्सिया'को जटिल समस्या भएकी शारदा नगरपालिका १२ डांग्रीकी ३२ वर्षीया गर्भवती सीताकुमारी बुढाको एमडीजीपी डाक्टर अभिषेक सिंहको नेतृत्वमा जिल्ला अस्पताल सल्यानमै शल्यक्रिया गरिएको हो ।

सल्यान जिल्ला अस्पतालमा शल्यक्रिया पुनः सुरु

सल्यान  जिल्ला अस्पतालमा दुई सातादेखि बन्द रहेको शल्यक्रिया सेवा सुचारु भएको छ । अस्पतालमा नयाँ विशेषज्ञ चिकित्सक आएपछि शल्यक्रिया र जटिल प्रसूति सेवा पुनः सञ्चालनमा आएको हो ।

डाक्टर सरुवा भएपछि सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

जिल्ला अस्पताल सल्यानबाट दुई डाक्टर सरुवा भएर गएपछि अस्पतालले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रदीप शर्मा र डाक्टर एन्जिला श्रेष्ठ सरुवा भएर गएपछि अन्य सर्जनको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा शुक्रबारदेखि बन्द भएको जनाएको हो ।

स्वास्थ्यकर्मी नहुँदा जटिल शल्यक्रिया बन्द

नेपाल समाचारपत्र, सल्यान । जिल्ला अस्पताल सल्यानमा स्वास्थ्यकर्मी नहुँदा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी समस्यामा परेका छन् । वनगाड कुपिण्डे नगरपालिकाकी रीता विक असोज ११ गते सुत्केरी हुन जिल्ला अस्पताल पुगिन् । […]

सल्यान अस्पतालमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द

जिल्ला अस्पतालमा आइतबारदेखि शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएको हो । जसका कारण सल्यानसहित रुकुम पश्चिम र रोल्पाको केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

सल्यान अस्पतालमा मुटुको सफल शल्यक्रिया

सल्यान : जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ।  छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो।शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी उनको चेकजाँचको क्रममा मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले जानकारी दिए। मुटुबाहिर जमेको १७ सय मिलिलिटर पानी निकालिएको उनले बताए।बिरामी निकै विपन्न भएकाले उनको निःशुल्क उपचार गरिएको समेत डा. जैशीले बताए। उनी क

सल्यानमा पाठेघर खसेका २८ महिलाको निःशुल्क शल्यक्रिया

न्युज अफ नेपाल, सल्यान । सल्यानमा पाठेघर खसेका २८ जना महिलाको निशुल्क शल्यक्रिया गरिएको छ । लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो । परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाए पछि खुसि भएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क […]

सल्यान अस्पतालमा जटिल शल्यक्रिया

सल्यान  : सल्यान जिल्ला अस्पताले गर्भवतीको साल बाहिर निस्केको अवस्थामा जटिल शल्यक्रिया गरिएको छ। रोल्पाको गंगादेव गाउँपालिका-५ की ३० वर्षीया झिमी विकको साल बाहिर निस्केको अवस्थामा सफल शल्यक्रिया गरिएको हो। साल बाहिर निस्किएको अवस्थामा अस्पताल आएकी विकको पेटमा रहेको बच्चाको मुटुको धड्कन पनि कम भइसकेको अवस्थामा अस्पतालले ...

अस्पतालमा चिकित्सक नहुँदा शल्यक्रिया सेवा अवरुद्ध

सल्यान : जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरु मर्कामा परेका छन्। अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ गते डाक्टरको समयावधि सकिएको र अर्को चिकित्सक नभएकाले सेवा प्...

सल्यानमा छैनन् शल्यक्रिया गर्ने डाक्टर

सल्यान – सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर समस्या के भयो भने जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नै भएनन् र उहाँलाई दाङ रिफर गर्नुपर्यो । केही साता अघिसम्म जिल्ला अस्पताल सल्यानबाट सबैले सजिलै पाउँ...