काठमाडौँ। इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ। उक्त सुपारी गएराति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो।