प्रदेश १ बाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको बुद्धशान्ति– ३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर– ८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन् ।