भाषण–माहात्म्य

भाषण नै मानिसको भूषण हो । देशको प्रगतिको मापदण्ड, नेताहरूको भुजदण्ड, देशको मेरूदण्ड नै भाषण हो भन्ने कुरा भाषण–शास्त्रको कुनै स्वीकृत पाठ्य–पुस्तकमा उल्लेख नभए पनि व्यवहारले भने यस सिद्धान्तको औचित्यलाई सिद्ध गरिसकेको छ । भाषण–शास्त्रका पुस्तकहरू विश्वविद्यालयको पाठ्यक्रममा नरहेता पनि त्यस विषयमा कुनै छात्र फेल भएको पाइँदैन । पाठ्य–पुस्तकको अध्ययनले बौद्धिक...