दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ निर्माण परियोजना सम्पन्न भएको छ ।
शनिवार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा शुरु भएको थियो । गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना रहेकाे छ । बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाइ प्रदान गर्न यो परियोजना देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ ।
आठ अर्ब युआन (झन्डै एक अर्ब एक कराेड अमेरिकी डलर) को लगानीमा सिँचाइ परियोजना सम्पन्न भ...