जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ ।चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाल