जनकपुर । काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली उनले सो कुरा बताएका हुन् । सो समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए ।उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै