सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

६ मंसिर, सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।