शिक्षा विधेयक दफावार छलफलमा

प्रतिनिधि सभाले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । प्रतिनिधि सभाले सर्वसम्मत रूपमा विधेयक दफावार छलफलका लागि पठाएको हो । प्रतिनिधि सभाको नियमावली अनुसार विधेयकको दफावार छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हुने छ ।

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरण विधेयकमाथिको प्रतिवेदन संसद्मा पेस

काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेस गरेकी हुन् ।  गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावली अनुरूप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गरेका थिए ।  गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमित गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेस भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो । सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ ओटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तरराष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।  साथै, उनले नेपालको आर्थिक तथा वित्तीय अवराध नियन्त्रण प्रणाली मजबुद भई पूँजी पलायन रोक्न र वित्तीय सुशासन प्रवर्द्धनमा टेवा पुग्ने उनले उल्लेख गरे ।  विद्यालय शिक्षा विधेयक समितिमा पठाइयो प्रतिनिधिसभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गरेको  ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।  प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते दिउँसो २ बजे बस्नेछ ।

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौं । विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । ‘विद्यालय शिक्षा विधेयक, २०८०’ […]

शिक्षा विधेयक : शिक्षा समितिमा पठाउन बाटो खुला, १६० संशोधन दर्ता

काठमाडौं : लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि शिक्षा समितिमा पठाउने बाटो खुला भएको छ।शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌बाट सर्वसम्मतिले पारित भएसँगै बाटो खुला भएको हो।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌मा

बागमती प्रदेशसभा बैठक– विधेयक पारित

शनिबार बसेको बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ भने थप २ वटा विधेयक दफावार छलफलका लागि स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाले छलफलका लागि स्वीकृति प्रदान गरेर प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । प्रस्ताव पारित भएसँगै उक्त विधेयक ऐनको अंग बन्नेछ ।  त्यस्तै प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन माथि छलफलका लागि ३ वटा विधेयक माथ