वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ । कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले रातोपाटीलाई बताएको छ । यद्यपि, अधिकांश सांसद तथा नेताहरू अध्यक्ष ठाकुरको प्रस्तावको विपक्षमा रहेका छन् । कार्यकारिणी सदस्य एवं सांसदहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तवलगाय