दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालेका छन् ।
वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।
तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।
खत्रीको मात्रै एक बिगाह जग्गामा दुई सय चालिस क्विन्टल बन्दागोभी उत्पाद...