तालिबानले अफगानिस्तानमा ‘आममाफी’को घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएपछि अत्यन्तै तनावग्रस्त बनेको राजधानी शहरलाई शान्त राख्न तालिबानले आफ्नो पहिलो घोषणामा आममाफी दिने जनाएको छ ।
समाचार संस्था अलजजिराका अनुसार तालिबानले नयाँ गठन हुने सरकारमा महिलालाई सहभागी हुन जोड दिएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छोड्न हजारौं सर्वसाधारण काबुल विमानस्थलमा पुगेका थिए । स्थिति नियन्त्रणमा बाहिर जाँदा र भगदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।