बागमतीमा मन्त्रालय फुटाएर भागबण्डा पुर्याउने तयारी

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका छन्।बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्‍याउने तयारी गरेका हुन्।बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।पा