काठमाडौं । उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार प्रभातलाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्क