प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकी हुन् ।
भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिइन् । मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश ग...