ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।