काठमाडौं : काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा चिसो भएको बेला सिंहदरबार भने आज एकाएक गर्मायो।
मन्त्रिपरिषद्मा संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'इम्पोसिबल' भनिदिएपछि सत्ताबाट हात धुनुपर्यो समाजवादीले।
सरकार छाडेको हिजै सार्वजनिक घोषणा गरिसकेका समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आज सिंहदरबारमा पत्रकार बोलाएर औपचारिक रुपमै आफूहरु सरकारमा नरहेको