काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्।बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो। पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए। गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी