काठमाण्डौ – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ ।
आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई असफल बनाउने रणनीति अनुसार खनाल–नेपाल समूह विभिन्न विकल्पसहित आन्तरिक छलफलमा जुटिरहेको छ ।
पहिला विश्वासको मतको पक्षमा उभिन लगाएर थप कारबाही गर्ने प्रधानमन्त्री ओलीको रणनीति रहेकोले त्योभन्दा पहिले नै सामूहिक राजीनामा दिनुपर्ने पक्षमा केही नेताहरु रहे...