एजेन्सी। भारतको असाम राज्य सरकारले कोरोना संक्रमणका कारण पति गुमाउने महिलालाई २ लाख ५० हजार भारु रुपैयाँ सहयोग गर्ने भएको छ। राज्यका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आर्थिक सहयोगको रूपमा वार्षिक आम्दानी पाँच लाखभन्दा कम हुने परिवारलाई यो रकम दिइने बताएका छन्। हालसम्म यो योजना अन्तर्गत १७६ महिलालाई सहयोग गरिएको छ।