काठमाण्डाै – आउँदाे चुनावमा मतदाता नामावलीमा नाम भएकाले आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।
आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा गएर आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यव...