महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर १५, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवार (मंसिर १६ गते) एक दिन बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २२ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०:३० बजे शुरु गर्ने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले मंसिर २२ गते आह्वान गरेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरे अनुसार मंसिर १५ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीको कार्तिक २९ गतेको सञ्चालक समिति बैठकले मंसिर २२ गते बुधबार चौंथो वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।